८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

मधेश मुद्दा सम्बोधन नहुञ्जेल आन्दोलन जारी रहने : अध्यक्ष यादव



महोत्तरी, १६ भदौ । मधेशको मुद्दा सम्बोधन नहुञ्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ ।

बिहीबार दिउँसो महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले देशको हरेक निकायमा मधेशी समुदायको समानुपातिक सहभागिता नहुञ्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभयो ।

अध्यक्ष यादवले संविधानमा मधेशीको पहिचान कहीँ पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भए तापनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताउनुभयो ।

एक अर्को प्रसङ्गमा उहाँले देशको उच्च तहमा जबसम्म एक दलित पुग्दैन तबसम्म देशमा लोकतन्त्र स्थापित हुनै नसक्ने अध्यक्ष यादवले धारणा राख्नुभयो । सो अवसरमा पाँचसय कार्यकर्ता अन्य पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।

कार्यक्रमबीच गत २०३६ सालदेखि नेपाली काँग्रेसमा सक्रिय रहनुभएका तत्कालीन कटैया गाविसका पूर्वअध्यक्ष महेन्द्र यादवको नेतृत्वमा सयाँै कार्यकर्तालाई पार्टी अध्यक्ष यादवले फूलमाला, अबिर लगाई पार्टीमा प्रवेश गराउनुभएको थियो ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ००:००