१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

ट्रकको ठक्करबाट मृत्यु



तिलोत्तमा (रुपन्देही), १५ भदौ । पूर्वपश्चिम राममार्गअन्तर्गत बुटवलको मिलनचोकमा आज अपराह्न भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बा ६४प ६३८४नंं को मोटरसाइकललाई एमएच ०४ इवी ५३७६ नंको ट्रकले पछाडिबाट ठक्कर दिँदा पाल्पा, तानसेन नगरपालिका–६ का २७ वर्षीय रुकबहादुर थापा गम्भीर घाइते भएकामा लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिँदा चिकित्सकले मृत घोषणा गरेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००