१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

पत्रकारका हितमा काम गर्न महासङ्घ नेतृत्वलाई सुझाव



काठमाडौँ, १५ भदौ । सरोकारवाला संस्थाका प्रतिनिधिले नेपाल पत्रकार महासङ्घको नेतृत्वलाई श्रमजीवी पत्रकारका हकहितमा काम गर्न सुझाव दिनुभएको छ ।

महासङ्घका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई बधाई तथा शुभकामना दिन नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रगतिशिल पत्रकार सङ्घद्वारा संयुक्त रुपमा आज यहाँँ आयोजित कार्यक्रममा उहाँहरुले सबैलाई मिलाएर महासङ्घको साझा चरित्र कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले महासङ्घ नेतृत्वलाई सबैप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिँदै निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई पूरा गर्नुपर्ने बताउनुभयो ।

प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले महासङ्घको विगतको नेतृत्वले साझा चरित्र कायम राख्न नसकेको विचार व्यक्त गर्दै नवनिर्वाचित नेतृत्वले त्यस्तो संकीर्ण संस्कारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका नवनिर्वार्चित अध्यक्ष गोविन्द आचार्यले आगामी बैठकबाट विस्तृत कार्ययोजना बनाई श्रमजीवी पत्रकारको हकहितका लागि अघि बढ्ने बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि महासङ्घको महत्वपूर्ण योगदान रहने विश्वास दिलाउनुभयो ।

महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले विगतमा महासङ्घका नेतृत्वले साझा चरित्र कायम राख्न नसकेकामा आगामी दिनमा त्यस्तो नहुने दृढता व्यक्त गर्नुभयो ।

प्रगतिशिल पत्रकार सङ्घका अध्यक्ष नारायण शर्माले महासङ्घका नेतृत्वलाई कार्यकालभरी श्रमजीवी पत्रकारका हकहितमा क्रियाशील रहन सुझाव दिनुभयो ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००