८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा



चितवन, १५ भदौ । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

बिहीबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि अपराह्न ४ बजेदेखि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

पहिरोका कारण चार किलोमा ५० मिटर सडक बगेपछि भित्तापट्टी ढलको क्षेत्रलाई सम्माई दुईतर्फी सडक सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमा सडक बगाएको हो ।

सो सडकको पाँच ठाउँमा पहिरो खसेको थियो । जलवीरेमा दुई, कालिखोला, चारकिलो र पाँच किलोमा एक÷एक स्थानमा पहिरो खसेको थियो । साउन अन्तिम साताबाट पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिदै आएको छ ।

जसका कारण बुधबार साँझबाट सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००