४ बैशाख २०८१, मंगलबार । April 16, 2024

मुख्य खबर

आयोग प्रवक्तामा ढकाल



काठमाडौँ, १५ भदौ । निर्वाचन आयोगले सहसचिव नवराज ढकाललाई आयोगको प्रवक्ताको जिम्मेवारी दिएको छ ।

उहाँले आजैदेखि जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघिका प्रवक्ता सूर्यप्रसाद शर्माले उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाश पाउनुभएको छ ।

निजामती सेवामा ३६ वर्षभन्दा बढी सेवा पु¥याउनुभएका शर्माले ५८ वर्ष उमेर हदका कारण आयोगको सहसचिव एवम प्रवक्ता पदबाट अवकाश पाउनुभएको हो । स्थानीय तहको निर्वाचन गर्न अति छोटो समय प्राप्त रहेका अवस्थामा पनि सञ्चार क्षेत्रबाट निर्वाचनको वातावरण बनाउन पु¥याएको योगदानप्रति शर्माले पत्रकारलाई धन्यवाद दिनुभएको छ ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००