१ बैशाख २०८१, शनिबार । April 14, 2024

ग्लोबल

अमेरिकामा नाजी हुनु लज्जास्पद



मेरिल्याण्ड । एउटा एतिहासिक सालिक स्थानान्तरण गर्ने विषयमा विबाद मच्चिएपछि अमेरिकाको भर्जिनिया राज्यमा दंगा भड्कदा तीनजनाको ज्यान गएको छ ।
शनिबार भएको दंगामा एक प्रदर्शनकारी र अरु दुई सुरक्षाकर्मीको ज्यान गएको हो । एक गोरो वर्णका युवकले चलाएको कारले प्रदर्शनकारीको भीडमा लगेर ठक्कर दिँदा एक प्रदर्शनकारी गोरी महिलाको ज्यान गएको हो । दुई सुरक्षाकर्मी भने हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गएको हो । प्रदर्शन स्थलको आकासमा गस्ती गरिरहेको हेलिकोप्टर दुर्घटना भएको थियो । कारको ठक्करबाट भने अन्य उन्नाईस जाना प्रदर्शनकारी घाईते छन् । प्रदर्शन स्थलमा शालिक स्थानान्तरण गर्ने पक्ष र विपक्ष विचपनि दोहोर झडप भएको थियो । प्रदर्शनको विषयलाई लिएर भर्जिनिया राज्यका गभर्नर टेरी माईक अलिपेले प्रदर्शनकारीहरुलाई नाजी संकिर्णवादी भनेर सम्बोधन गरेका थिए । अलिपेले अमेरिका जस्तो लोकतान्त्रिक मुलुकमा संकीर्णवादी हुनु लज्जास्पद भएको बताउँदै तिमीहरु घर जा भनेका थिए । यस विषयलाई लिएर अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प ले प्रतिकृया दिँदै भनेका छन् , घटना रोकौं मिलेर बसौं । शालिक स्थानान्तरण गर्न स्थानिय नगरपालिकाको निर्णयको विरोधमा संकिर्णवादी गोरो वर्णका ब्याक्तिहरुले प्रदर्शन गरेका थिए । शालिक अमेरिकामा चलेको १८औ सताब्दिको गृह युद्धका एक सैनिक कमाण्ड रोबर्ट एड्वार्ड ली को हो । भर्जिनिया राज्यमा गोरो वर्णका नागरिकहरुको सघन बसोवास छ ।

प्रकाशित : २९ श्रावण २०७४, आइतबार ००:००