७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

ग्लोबल

अमेरिकामा झापालीको बनभोज



मेरिल्याण्ड । अमेरिकामा रहेका झापालीहरुको अगुवाईमा मेरिल्याण्ड राज्यमा आईतवार बनभोजको आयोजना भएको छ ।

राज्यको ब्लाक हिल रिजनल पार्कमा आयोजनाभएको बनभोजमा परिचयात्मक कार्यक्रम देखि लिएर भलिबल प्रतिस्पर्दा, नृत्य, गायन पनि भएको थियो । कार्यक्रम मार्फत आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा मत माग्नका लागि टाढा टाढा देखि उमेद्वारहरु आएका थिए । केन्द्रीय उपाध्यक्षका उमेद्वार राम सुवेदी, केन्द्रीय सचिवका उमेद्वार होम गौतम लगायतले मत मागेको बनभोज आयोजकका एक सदस्य कृष्ण भण्डारीले बताए । तीन सय ज्यादाको सहभागिता रहेको कार्यक्रममा अमेरिकामा बस्ने झापा बाहिरका नेपालीहरुको समेत बाक्लो उपस्थिति रहेको अर्का आयोजक सदस्य मिलन राईले बताए । बनभोज कार्यक्रमका लागि संस्थागत रुपमा नभएर स्वतःस्फुर्त गरिएको पनि बताए ।

यसैविच क्यालिफोर्निया राज्यमा अर्को बनभोज कार्यक्रम सम्पन्न भएको खबर छ । नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाको आयोजनामा बनभोजको कार्यक्रम भएको हो ।

प्रकाशित : २३ श्रावण २०७४, सोमबार ००:००