१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

ग्लोबल

गोर्खाल्याण्डको लागि संयुक्त राष्ट्रसंघ भवन अघि प्रदर्शन



https://www.youtube.com/watch?v=ih01b-8srm8&feature=youtu.be

अमेरिका । गोर्खाल्याण्डको माग गर्दैै अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालय भवन अघाडी आईतवार प्रदर्शन गरेका छन् ।

अमेरिकामा बस्ने नेपाली भाषी भारतका जनताले संघको भवन अघाडी आधा घण्टा सम्म उभिएर प्रदर्शन गरेका थिए । प्रदर्शन मार्फत भारतमा गोर्खाल्याण्ड राज्य गठन गर्न माग गरेका छन् । गार्खाल्याण्ड आन्दोलनलाई दवाउन सुरक्षाकर्मिले गोली चलाएर जनताको ज्यान लिएको, रासनपानी आयात निर्यातमा अवरोध गरेर भोकभोकै बस्नुपरेको, गोर्खाल्याण्ड आन्दोलनकारी घाईते तथा नेपालीभाषी विरामीलाई अस्पतालले उपचारमा लापर्वाही गरेको, फोन सेवा तथा सवैखाले संचार माध्यम बन्द गरेकाले जनताको दैनिक जीवन कस्टकर भएको भन्दै प्लेकार्ड मार्फत प्रदर्शन गरेर भर्तसना गरेको छ । प्रदर्शनमा सहभागि भारती राईले भनिन् भारतले आफुलाई मानवअधिकारको रक्षकको अगुवाई गरेको भनेर विश्व सामु भन्छ , तर गोर्खाको मागलाई जहिल्यै बन्दुकले दवाई राख्छ । त्यसैले मानव अधिकारको बाहल गराउन र गोर्खाल्याण्डको मागलाई ध्यान दिन भनेर संयुक्त राष्ट्रसंघको अघाडी प्रदर्शन गर्न बाध्य हुनु परेको बताईन् ।

प्रदर्शन गर्नुअघि न्युयोर्क शहरको मुख्य भाग मेनहाटनमा विभिन्न् माग लेखिएको प्लेकार्ड तथा टिसर्ट लगाएर ¥याली गरिनुका साथै गोर्खाल्याण्डको पक्षमा गीत पनि गाएका थिए । ग्लोबल गोर्खाल्याण्ड मार्च अभियानले पुर्व तयारी गरे अनुसार विश्वका देशहरु जहाँ–जहाँ गोर्खाल्याण्ड समर्थकहरु छन् , त्यहाँ–त्यहाँ मार्च ३० तारिख एकैचोटी कार्यक्रम भएको हो । प्रदर्शनमा एक सयजना जति उपस्थित थिए । गोर्खाल्याण्डको मागलाई समर्थनका लागि एक महिना अघि पनि अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भएको थियो । भारतको पश्चिम बंगालको उत्तरी भागलाई गोर्खाल्याण्ड राज्य गठन गर्न माग गर्दै पछिल्लो चरणमा भएको आन्दोलन निरन्तर आठ हप्ता पुगेको छ ।

प्रकाशित : १६ श्रावण २०७४, सोमबार ००:००