१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Uncategorized

सूर्योदय नगरपालिकामा ‘सूर्य’को जित, रनबहादुर बने मेयर



२० असार,इलाम । सूर्योदय गरपालिकाको मेयर उपमेयरसहित अधिकांश पदमा बर्चस्व कायम गर्दै एमालेले इलाममा आफू सबैभन्दा ठूलो शक्ति रहेको प्रमाणित गरेको छ ।

मंगलवार अपरान्ह सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार सूर्योदयन गरपालिकाको मेयर पदमा नेकपा एमालेका रनबहादुर राईले जितेका छ । यसरी नै उपमेयरमा पनि एमालेकै दुर्गादेवी भट्टराई विजयी भएकी छिन् ।

राईले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमलाल राईलाई २६ सय मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले १२ हजार ९ सय १९ मत ल्याएका छन् ।

उपमेयरमा विजयी भएकी दुर्गादेवी भट्टराईले २८ सय ८२ मत अन्तरले निकटतम् प्रतिद्वन्द्वी खगेश्वरी पौडेललाई हराएर विजयी भएकी हुन् । भट्टराईले कूल १२ हजार ८ सय ९ मत पाएकी छिन् ।

यो एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको गृहनगर हो । खनाल र एमालेकै संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङको गृहजिल्ला इलाममा एमालेले १० मध्ये ७ स्थानीय तहमा जित हासिल गरेको छ ।

एमालेले चारै नगरपालिका र तीन गाउँपालकामा जित हासिल गरेको छ । अध्यक्ष नजितेका थप दुई गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

कांग्रेसले तीन अध्यक्ष एक उपाध्यक्षमा चित्त बुझाएको छ । यसरी नै जिल्लाका ८१ वडाहरु मध्ये एमालले ४४, कांग्रेसले १७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक, जनमुक्ति पार्टीले एक वडा प्यानलै जितेको छ ।

१९ वटा वडाहरुमा मिश्रति परिणाम आएको छ । मिश्रति परिणाम आएकामा एमालले तीन वडाध्यक्ष, कांग्रेसले १४ र माओवादी केन्ऽले १ अध्यक्ष जितेको छ ।

प्रकाशित : २० असार २०७४, मंगलबार ००:००