७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

छिन्नमस्तामा करेन्ट लागेर एकको मृत्यु



राजविराज, १६ असार । सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ मा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३७ वर्षीय हरेराम मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डले आफ्नै बारीमा पानी पटाउने क्रममा नाङ्गो तारमा दाहिने खुट्टाले छुँदा करेन्ट लागेको थियो ।

गम्भीर घाइते उनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउँदा बाटैमामृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००