१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

विभिन्न वडामा एमाले र माओवादी केन्द्र विजयी



गाईघाट (उदयपुर), १६ असार । उदयपुरको विभिन्न स्थानीय तहको वडामा एमालेका समूह विजयी भएका छन् ।

कटारी नगरपालिका वडा नं १४ को अध्यक्षमा एमालेका तेजबहादुर आले मगरले ५५३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यस्तै वडा सदस्यमा एमालेकै ओममाया कामी, डुकमाया मगर, लीबहादुर थापा, स्यामबहादुर राई विजयी भएको निर्वाचन अधिकृत गुरु वाग्लेले जानकारी दिनुभयो ।

यसैगरी जिल्लाको उदयपुरगढी गाउँपालिका– २ मा एमालेका इन्द्रबहादुर राउत ३५६ मत प्राप्त गरी वडाध्यक्ष पदमा विजयी हुनुभएको छ ।

वडा सदस्यमा एमालेकै सूर्य मगर, भक्त तामाङ, मैना तामाङ र सोममाया गजमेर विजयी भएको निर्वाचन अधिकृत रुद्रबहादुर कार्कीले बताउनुभयो ।

त्यस्तै ताप्ली गाउँपालिकाको वडा नं १ र २ को अध्यक्षमा एमालेका क्रमशः गोविन्दविक्रम सेन र धर्मराज राई विजयी हुनुभएको छ ।

कटारी नगरपालिकाको वडा नं १३ को अध्यक्षमा माओवादी केन्द्रका नेत्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ४९८ मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा माओवादी केन्द्रका विन्दामाया मगर, छिन्नमाया सार्की, डिम्पल भुजेल र रेशम बराइली विजयी भएको निर्वाचन अधिकृत गुरु वाग्लेले बताउनुभयो ।

त्यस्तै त्रियुगा नगरपालिका वडा नं १६ को अध्यक्षमा माओवादी केन्द्रका मानबहादुर राई विजयी भएको छ ।

राईले ७५० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००