११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

बेसहारा बालबालिकालाई सहयोग



 

दुनै (डोल्पा), १६ असार । बाबुको मृत्यु लगत्तै आमाले बिहे गरेपछि बिचल्लीमा परेका त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ ल्हाँका दुईजना बेसहारा बालबालिकालाई विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

बेसहारा बनेका सात वर्षीया चन्द्रा बिटालु र नौ वर्षीया पार्वती बिटालुको उचित पालन पोषण तथा शिक्षा पाउने अधिकारको सुनिश्चितताका लागि बेलायतमा बस्दै आएकी रीता परियारले नगत रु एक लाख दुई हजार सहयोग प्रदान गर्नुभएको हो ।

मामाघर जाजरकोटमा बिचल्ली पूर्ण अवस्थामा दुई बालबालिकाको बस्दै आएको समाचार पढेपछि आफूले उनीहरुको पालन पोषण तथा शिक्षाका लागि सहयोग प्रदान गरेको उहाँले बताउनुभयो ।

पार्वती र चन्द्रलाई अहिले चतुरमाला प्राथमिक विद्यालय जाजरकोटमा भर्ना गरिएको पत्रकार तथा समाजसेवी लक्ष्मण रसाइलीले बताउनुभयो ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००