१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

लागुऔषधसहित तीनजना पक्राउ



काठमाडौँ, १६ असार । उपत्यका भित्रिने प्रमुख नाका थानकोटबाट लागुऔषधसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा पर्सा जगरनाथपुर– ३ विजवनीयाका रामेश्वर साह, पर्सा सुवर्णपुर– ४ का रोज राना र सर्लाही हरिओन – ९ का प्रदीप यादव रहेका छन् ।

महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले लागुऔषध लिएर काठमाडौँ आउँदै गरेको अवस्थामा छुटाछुट्टै बसबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले साह र रानालाई वीरगन्जदेखि बनेपा आउँदै गरेको ना ४ ख १९५१ नम्बरको बसबाट साह र रानालाई तथा ना ४ ख ७१९० नम्बरको बसबाट यादवलाई पक्राउ गरेको हो ।

साहको साथबाट ११४ एम्पुल फेनार्गन, ४६ एम्पुल डाइजेल्याब, रानाबाट एक हजार ४९८ थान नाइट्राजेपाम ट्याब्लेट र यादवबाट १९२ थान ट्रमाजोल ट्याब्लेट पक्राउ गरेको प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले राससलाई जानकारी दिनुभयो ।

प्रभागले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००