१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

फाकफोकथुम गापा–१ मा नेपाली काँग्रेस



इलाम, १६ असार । इलामको फाकफोकथुम–१ मा नेपाली काँङ्ग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।

सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार टेकवीर लिम्बू ६०३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बेगबहादुर निरौलाले ४४० मत ल्याएका हुन् ।

सो वडाको महिला सदस्यमा नेकाकी लक्ष्मीमाया राई ६४९, दलित महिला सदस्यमा सीता बराइली ७४४, खुल्ला सदस्यमा डम्वरबहादुर पौडेल ६७५ र बालकृष्ण भट्टराई ६१७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००