११ बैशाख २०८१, मंगलबार । April 24, 2024

मुख्य खबर

भोजपुरमा नेपाली काँग्रेसको अग्रता



भोजपुर, १६ असार । भोजपुर नगरपालिकालगायत विभिन्न गाउँपालिकामा दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ ।

जारी मतगणनाको प्राप्त परिणामअनुसार प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसको अग्रता कायम रहेको छ । भोजपुर नगरपालिकाको प्राप्त विवरणअनुसार प्रमुखमा नेकाका कैलाशकुमार आलेले एक हजार ३३९ र उपप्रमुखमा कृतिकुमारी कार्कीले एक हजार ३२१ मत प्राप्त गर्नुभएको छ भने एमालेका प्रमुख गणेश श्रेष्ठले एक हजार २३४ र उपप्रमुखमा ममिता राईले एक हजार २५२ मतले पछ्याई रहनुभएको छ ।

त्यस्तै, माओवादी केन्द्रका प्रमुखका उम्मेदबार शरणकुमार तामाङले ४८५ र उपप्रमुख मोनिका राईले ४७८ मत प्राप्त गर्नुभएको छ ।

षडानन्द नगरपालिकामा नेकाका प्रमुखको ४१८ र एमालेका प्रमुखले २५१ मतले पछ्याई रहनुभएको हो ।

जिल्लाको अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिकामा नेकाको अग्रता कायम रहेको छ ।

ट्याम्केमयुङ्ग, साल्पासिलिछो र आमचोक गाउँपालिकामा एमालेको अग्रता छ भने रामप्रसाद राई गाउँपालिकामा माओवादी केन्द्रको अग्रता कायम रहेको छ । भोजपुरमा ६६.३१ प्रतिशत मत खसेको हो ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००