१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

मुख्य खबर

कञ्चनपुरको बेदकोट–२ मा एमाले विजयी



भीमदत्तनगर, १६ असार । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका नौवटै तहको मतगणना जारी रहेको छ । हालसम्म कञ्चनपुरको बेदकोट नगरपालिका–२ मा नेकपा (एमाले)का उम्मेदवार नरेश सिंह वडाध्यक्षमा विजयी भएका छन् ।

त्यसैगरी, यहाँको बेलौरी नगरपालिका–१ मा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षका उम्मेदवार रतनबहादुर शाहीसहित माओवादी प्यानल नै विजयी भएको छ । त्यसैगरी, यहाँको लालझाँडी गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका दिनेश राना प्यानलसहित विजयी भएका छन् ।

त्यसैगरी, पुनर्वास नगरपालिका–१ मा एमालेका उम्मेदवार फैरु तामाङ बिजयी भएका छन् । दुई गाउँपालिका र सातवटा नगरपालिका रहेको कञ्चनपुरमा बिहीबारदेखि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

यहाँका सबै नगर र गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रबीच प्रमुख र उपप्रमुखमा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । केही नगरपालिकामा काँग्रेस, केहीमा एमाले र माओवादीले अग्रता लिएका छन् । आज वडाहरुको परिणाम आउने क्रम जारी रहनेछ । दुई लाख ३५ हजार ७३५ मतदाता रहेको कञ्चनपुरमा ७३.५ प्रतिशत मत खसेको थियो ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००