७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

इलाम नपा–१२ मा काँग्रेसको प्यानल विजयी



इलाम, १६ असार । स्थानीय तह निर्वाचनको प्राप्त मतगणनाको नतिजाअनुसार इलाम नगरपालिका–१२ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।

सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार लाखमान लिम्बूले ७२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चक्रबहादुर लिङदमले ६७१ मत प्राप्त गर्नुभएको छ ।

सो वडाको महिला सदस्यमा नेकाकी प्रमिला लिम्बूले ७६६, दलित महिला सदस्यमा कुमारी लुहागुनले ७८६, खुल्ला सदस्यमा नरसिंह एक्तेन र भानुभक्त घिमिरेले क्रमशः ७४९ र ६९८ मत ल्याएर विजयी हुनुभएको छ ।

सन्दकपुर–१ मा माओवादी केन्द्र विजयी

इलामको सन्दकपुर गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्ष पदका उम्मेदवार नन्दकुमार राई विजयी हुनुभएको छ । राईले ३८० मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गणेश राईले ३०५ मत पाउनुभएको छ ।

यसैगरी, खुल्ला सदस्यमा नेकपा (एमाले)का तेजबहादुर राई र माओवादी केन्द्रका रहरकुमार थुलुङ विजयी भएका छन् । सोही वडाका दलित महिला सदस्यमा एमालेकी दिलमाया विक र सदस्य पदमा माओवादी केन्द्रबाट सिद्धार्थ राई विजयी भएका छन् । रासस

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००