१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

निस्दीको वडा नं १ र ७ मा काँग्रेस



रामपुर (पाल्पा), १६ असार । निस्दी गाउँपालिका–१ र ७ मा नेपाली काँग्रेसको पूरै प्यानल विजयी भएको छ । नेपाली काँग्रेस वडा नं १ मा नेकाका अध्यक्ष पदका उम्मेदवार पूर्णबहादुर खाँण सहितको पूरै प्यानल निर्वाचित भएको हो । निर्वाचित खाँणले ६६८ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का टुकबहादुर सोतीले ४९३ मत ल्याउनुभएको छ ।

यस्तै, वडा नं ७ मा नेकाकै गगन सिं सोतीको पूरै प्यानल नै विजयी भएको छ । सोतीले ६७५ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार भीमबहादुर थापाले ५९३ मत ल्याउनुभएको छ ।

रामपुर नपा–१ मा एमाले

यसैगरी, पाल्पाको रामपुर नगरपालिका–१ मा नेकपा (एमाले)को प्यानलै विजयी भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको गठबन्धनबाट नेकपा (एमाले)का वडाध्यक्ष पदका उम्मेदवार मित्रलाल कँडेलले ७८५ मत ल्याई उहाँको पूरै प्यानल नै विजयी भएको छ ।

उहाँका प्रतिस्पर्धी नेकाका कपिलबहादुर खाँणले ६२६ मत ल्याउनुभएको छ । अहिले रामपुर नगरपालिका–१० को मतगणना कार्य भइरहेको छ ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००