७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

जैविक प्रविधि सम्बन्धीे राष्ट्रिय सम्मेलन सम्पन्न



रत्ननगर (चितवन), १५ असार । नौ बुँदे चितवन घोषणापत्र जारी गर्दै जैविक प्रविधि सम्बन्धी वैज्ञानिक तथा अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन आज चितवनको भरतपुरमा सकिएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत जैविक प्रविधि केन्द्रको आयोजनामा सुरु भएको सो दुई दिने सम्मेलनले अनुसन्धानमा सक्रिय सङ्घ संस्थाको सहकार्यमा जोड दिँदै अनुसन्धानलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।

सम्मेलनले सम्बन्धित संस्थाको सहकार्यमा अनुसन्धान अघि बढाउने, जैविक प्रविधि सम्बन्धी सरकारले ल्याएको नीति प्रभावकारी हुन नसकेकाले परिमार्जनका लागि दबाब दिने, राष्ट्रियस्तरको अनुसन्धान केन्द्र स्थापनाका लागि पहल गर्नेलगायतका नौ बुँदे घोषणापत्र जारी गरिएको केन्द्रका उपप्राध्यापक डा हिमाल लुइँटेलले जानकारी दिनुभयो ।

नेपालका १२५ जना वैज्ञानिक, नीति निर्माता, अनुसन्धानकर्ता तथा प्राध्यापकको सहभागितामा भएको सम्मेलनमा ३० वटा कार्यपत्र प्रस्तुत भएको थियो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००