७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप



बझाङ, १५ असार । स्थानीय निर्वाचनका सन्दर्भमा आपसी विवाद हुँदा छबिस पाथिभेर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का कार्यकर्ताबीच आज झडप भएको छ ।

झडपमा मतगणना प्रतिनिधिसहित तीन घाइते भएका छन् भने छजना केन्द्रका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेमध्ये वडा नं– ५ का मतगणना प्रतिनिधि एवम् अनेरास्वियुका केन्द्रीय सम्पर्क विभागका सचिव सागर भट्टको खुट्टा भाँचिएको छ । यस्तै एमालेका कार्यकर्ता सुवास भट्टको टाउँको र कानमा चोट लागेको छ, भने अर्का कार्यकर्ता सिद्धराज थापाको हात भाँचिएको प्रहरीले जानकारी दिएको छ ।

हिजो साँझ मदिरा खाएर होहल्ला गरिरहेका माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिन आफूहरुले प्रहरीलाई खबर गरेको र त्यही रिसमा आज केन्द्रका कार्यकर्ताले आक्रमण गरेको घाइते भट्टले बताउनुभयो ।

केन्द्रले जिल्ला बाहिरबाट गुण्डा मगाएर आफूहरुलाई कुटाइएको आरोप लगाएको छ । यता माओवादी केन्द्रका सांसदजनक बुढाले दोहोरो झडपमा आफ्ना तर्फका पनि पाँचजना कार्यकर्ता घाइते भएको र ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।
प्रहरी निरीक्षक रामबहादुर चन्दले झडपले उग्ररुप लिएपछि लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको बताउनुभयो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००