१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

काँग्रेसको प्यानल विजयी



डोटी, १५ असार । शिखर नगरपालिका– १ मा वडाध्यक्षसहित काँग्रेसको प्यानलै विजयी भएको छ ।

वडाध्यक्षमा काँग्रेसका खड्कबहादुर शाही ६३३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीले ४०३ ल्याउनुभयो । वडा सदस्यहरु पनि काँग्रेसबाट विजयी हुनुभएको छ ।

सो वडामा एक हजार ४०५ मत खसेको थियो । नगरपालिकामा प्रमुखमा काँग्रेसका सीताराम जोशीले ६१९ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा काँग्रेसकी धौलीदेवी रावलले ६३६ मत प्राप्त गर्नुभएको छ ।

एमालेबाट प्रमुखमा शेरबहादुर मल्लले ४५१ र उपप्रमुखमा राधिका बोहराले ४०६ मत प्राप्त गरेको छ ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००