१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

मुख्य खबर

ताप्लेजुङमा एमालेले खाता खोल्यो



ताप्लेजुङ, १५ असार । जिल्लाको मेरिङ्देन गाउँपालिका–६ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ । परिणामअनुसार अध्यक्षमा ३९२ मतका साथ ठाकुरसिंह लिम्बू विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जयनारायण नाल्बोले २२६ मतन प्राप्त गर्नुभयो ।

त्यसैगरी मैवाखोला गाउँपालिका–६ मा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा २७३ मतका सात विष्णुकुमार नियोङ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सन्तकुमार थुप्राले ३३७ मत प्राप्त गर्नुभयो ।

श्रीगङ्गा गाउँपालिका–१ मा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा एमाले उम्मेदवार उर्मिला थेवे ५०७ मतका साथ विजयी हुुनुभयो । उहाँ सांसद भूपेन्द्र थेवेकी श्रीमती हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रसका सुनिल थेवेले ३५४ मत प्राप्त गर्नुभयो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००