१२ बैशाख २०८१, बुधबार । April 25, 2024

मुख्य खबर

बुटारमा रोपाइँ महोत्सव



गोरखा (बुटार), १५ असार । ‘कृषिसँगै पर्यटन’ भन्ने नारा साथ आज गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा धानरोपाइँ कार्यक्रमको आयोजना गरियो ।

राष्ट्रिय धान दिवसका अवसरमा रिभरफन रिसोर्ट र नेपाल पर्यटन पत्रकार सङ्घ (नाटोज)द्वारा संयुक्तरुपमा आयोजित सो कार्यक्रममा पर्यटन व्यवसायी, विदेशी पर्यटक, पत्रकार र स्थानीयवासीले विभिन्न साँस्कृतिक कार्यक्रम गरी धान दिवस मनाएका थिए । रोपाइँसँगै उनीहरुले दही चिउरा पनि खाएका थिए ।

सो अवसरमा नोपाल पर्यटन बोर्डका सदस्य राजेद्र सापकोटा, निटका अध्यक्ष दीपक महत, नाटोजको अध्यक्ष शिव अधिकारी, हास्यकलाकार राजन सिंखडालगायतले नेपाली संस्कृतिको जगेर्नाका साथै यस दिवसबाट पर्यटन प्रवद्र्धमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

रिभरफनका सञ्चालक शङ्खर अधिकारीले यस क्षेत्रमा विद्युत र खानेपानीको समस्या रहेको बताउँदै पर्यटकीय गन्तव्यस्थलको रुपमा यस क्षेत्रलाई विकास गर्न सकिने बताउनुभयो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००