८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

वर्षायामको सुरुसँगै दूषित पानी पिउन बाध्य



दुनै (डोल्पा), १५ असार । वर्षायामको सुरुसँगै पानीका मुहान बढेपछि डोल्पाली दूषित पानी पिउन बाध्य भएका छन् ।

वर्षायाम सुरु भएसँगै निरन्तर रातको समयमा भइरहेको वर्षात्ले गर्दा खानेपानीको मुहानमा माटो, बालुवा, काठका टुक्राजस्ता फोहर बगाएर ल्याउने गरकाले खानेपानी दूषित भएको हो ।

स्वच्छ खानेपानीे नहुँदा त्यही दूषित पानी पिउनुपर्ने बाध्यता रहेको त्रिपुरा सुन्दरी नगरपालिकाका दुर्गाप्रसाद देवकोटाले बताउनुभयो । जिल्लाका त्रिपुराकोट, गल्ली, रल्ली, खदाङलगायतका दर्जनौँ बस्तीमा स्वच्छ खानेपानीको अभावमा अहिले पनि सिधै खोलाको पानी भरेर पिउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

जिल्लाका अधिकांश गाउँ बस्तीका धारामा पानी ल्याउन मुहानको रुपमा सिधै खोला प्रयोग गरिएकाले पनि वर्षात्मा डोल्पालीले दूषित पानी पिउनुपर्ने बाध्यता भएको त्रिपुरा सुन्दरी नगरपालिका–१ का दिलीप गिरीले बताउनुभयो ।

सिधै खोलमा पानीको मुहान बनाउनाले खानेपानी दिगो नहुनुका साथै दूषित हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।
दूषित पानी पिउन थालेपछि गाँउका अधिकांश सर्वसाधारण रुघाखोकी, विषमज्वर, पखाला, ज्वरोको सङ्क्रमण देखिएकोे त्रिपुराकोटस्थित स्वास्थ्यचौकीले जनाएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००