१२ चैत्र २०८०, सोमबार । March 25, 2024

मुख्य खबर

पुर्चौडी–१ मा काँग्रेस र पञ्चेश्वर–१ मा एमाले विजयी



बैतडी, १५ असार । पुर्चाैडी नगरपालिका– १ मा वडाध्यक्षसहित काँग्रेसको पुरै प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा काँग्रेसका गणेशबहादुर गडाल ४२९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याउनुभयो । दलित महिला सदस्यमा राधिका ओड ४२६, महिला सदस्यमा विन्देश्वरी जोशी ३८१, खुलासदस्यमा जगतसिंह भण्डारी ४११ र हिक्मत जागरी ४२४ मत प्राप्त गरी विजयी हुनुभयो । सो नगरपालिकाको अहिले वडा नं १० को मतगणना भइरहेको छ ।

पुर्चाैडी नगरपालिकाको प्रमुखमा काँग्रेसका दीपकबहादुर बमले ४५९, माओवादी केन्द्रका रणबहादुर कुँवरले २८३ र एमालेका कर्णबहादुर कुँवरले १०९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेसकी उत्तरा नेपाल सार्की ३८१, माओवादी केन्द्रकी जानकी ऐर बमले ३६४ र एमालेकी जानकी साउदले ६८ मत प्राप्त गर्नुभएको छ ।
पञ्चेश्वर–१ मा एमाले विजयी

पञ्चेश्वर गाउँपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले)का रणबहादुर चन्द ४९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जमनसिंह साउदले ३२५ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको प्यानल विजयी भएको छ । पञ्चेश्वरमा अहिले वडा नं ६ को मतगणना भइरहेको छ ।

पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ५४२, माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३९८ र काँग्रेसका दिनेशबहादुर चन्दले ३१० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका बिना भट्टले ५२८, माओवादी केन्द्रका मञ्जु चन्दले ४५२ र कांग्रेसका विन्दु चन्दले २८४ प्राप्त गर्नुभएको छ ।

डिलाशैनी र सिगासमा मतगणना हुन सकेन

डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा मतगणना हुन सकेको छैन । सिगासमा मतपेटिका ढुवानी हुन बाँकी छ भने डिलाशैनीमा सर्वदलीय बैठक बस्न नसक्दा मतगणना हुन नसकेको जिल्ला निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिनुभयो ।

मेलौली नगरपालिका, पुर्चौडी नगरपािलका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा बुधवार रातिदेखि तथा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा आज बिहानदेखि मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००