१ बैशाख २०८१, शनिबार । April 14, 2024

मुख्य खबर

दुई वडामा माओवादी केन्द्र विजयी



दाङ, १५ असार । गढवा गाउँपालिका वडा नं ८ मा नेकपा (माओवादी केन्द्र)को समूह विजयी भएको छ ।

अध्यक्षमा सद्धाम सिद्दिकी १०७ मत प्राप्त गरी विजयी हुनुभएको हो । त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ, दलित महिला सदस्यमा विमला विक तथा सदस्यमा चन्द्रबहादुर विक र नारायणसिं थापा विजयी हुनुभएको छ । कुल मतदाता ४९८ रहेकामा ३४७ मत खसेको थियो ।
त्यस्तै राप्ती गाउँपालिका वडा नं ९ का अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २०१ मतसहित पूरै समूह विजयी भएको छ । महिला सदस्यमा कुवाँरीदेवी कार्की, दलित महिला सदस्य देउकला कामी तथा सदस्यमा अलि महम्मद मियाँ र दधी बराल विजयी हुनुभएको छ । सो वडामा कुल मतदाता ५८३ रहेकामा ४५७ मत खसेको थियो ।
त्यस्तै राप्ती, गढवा, राजपुर, बङ्गलाचुली, शान्तिनगर र दङ्गीशरण गाउँपालिकामा मतगणना भइरहेको छ ।

त्यस्तै घोराही र तुलसीपुर उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । दुई लाख ९१ हजार १७५ जना मतदाता रहेको दाङमा दुई लाख १८ हजार ३३९ अर्थात् ७४ दशमलव ९९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००