९ जेष्ठ २०७९, सोमबार । May 23, 2022

मुख्य खबर

दार्चुलामा काँग्रेसको खाता



भीमदत्तनगर, १५ असार । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ ।

लेकम– १ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रसिंह बोहराले २९५ र नेकपा (माओवादी केन्द्र)का तारासिंह बोहराले १६१ मत प्राप्त गर्नुभएको छ ।

सो वडामा एक हजार ८० मत खसेको थियो । दार्चुलाका अन्य नगर तथा गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००