७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी



भोजपुर, १५ असार । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो ।

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच तहको मतगणना जारी रहेको छ । तीन तहमा भने केन्द्रमा मतपेटिका पुगिसकेको र मतगणनाका लागि तयारी भइरहेको र साल्पासिलिछो गाउँपालिकामा भने मतपेटिका निर्वाचन अधिकृतको कायालय पुग्न बाँकी रहेको छ । थोरै मत खसेकोले तीन दिन भित्रमा मतपरिणाम आइसक्ने सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी गराउनुभएको छ ।

यसैबीच, भोजपुरको पौवादुम्मा गाउँपालिका–६ मा मतपत्रमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको पाइएपछि मतगणना स्थगित भएको छ । मतगणना गर्ने क्रममा ६ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएपछि बुधबार बेलुका १२ बजेदेखि सुरु भएको मतगणना अवरुद्ध भएको हो ।

यसैगरी, भोजपुर नगरपालिकाकोे मतगणना पनि भर्खरै सुरुभएको छ ।

भोजपुरमा बुधबार भएको मतदान ६१ प्रतिशत भनी प्रचारप्रसार भएता पनि यथार्थमा ६६.३१ प्रतिशत मत खसेको जिल्लाका मुख्य निर्वाचन अधिकारी प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००