६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

जनताका हित अनुकूल काम गर्ने अवसर–महासचिव पोखरेल



पोखरा, १४ असार । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई अहिले जनताको हित अनुकूल काम गर्ने अवसर प्राप्त भएको बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ६५ औँ जन्मजयन्तीका अवसरमा नेकपा (एमाले) कास्कीले आज यहाँ आयोजना गरेको अन्तरक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो– “जनप्रतिनिधिका लागि अहिलेको समय अवसर र चुनौती दुवै रहेको छ ।”

महासचिव पोखरेलले निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्न सके त्यसले उहाँ आवद्ध भएको दलको छवी उचो हुने र राम्रो काम गर्न सकिएन् भने जनताको विश्वास गुमाउने हुँदा यसतर्फ सचेत हुन आग्रह गर्दै जिल्लास्थित पार्टी सङ्गठनले पनि बेला बेलामा समन्वय गरी जनप्रतिनिधिलाई रचनात्मक वाटोतर्पm उन्मुख गराउन पहल गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

महानगर, नगर र गाउँपालिकाका पदाधिकारीलाई क्षणिक फाइदा हुने खालका लोकप्रिय निर्णय नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो – “हतार गर्नुपर्ने कुनै कारण छैन, पाँच वर्षसम्म ढुक्क भएर विज्ञहरुसँगको छलफलबाट नीति, नियम, कानुन बनाएर दीर्घकालीन हित हुने काम गर्नुहोस् ।”

व्यवस्थापिका संसद, विकास समितिका सभापति रवीन्द्र अधिकारीले स्थानीय तहको सरकार लोकतन्त्रको आधारस्तम्भ भएकाले यसलाई जनमैत्री र प्रभावकारी बनाउन सवैको सहयोगको खाँचो रहेको उल्लेख गर्दै सिंहदरबारको अधिकारलाई वोलीमा होइन, व्यवहारमै स्थानीय तहमा हस्तान्तरण हुनुपर्ने बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले राष्ट्रिय विकासका लागि स्व.मदन भण्डारीले पु¥याउनुभएको महत्वपूर्ण योगदानको विविधमाथि प्रकाश पार्नुभयो ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००