१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

१ः३० बजेसम्म ५३ प्रतिशत मतदान



काठमाडौँ, १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आज भएको प्रदेश नं १, ५ र ७ को निर्वाचनमा अपराह्न १ः३० बजेसम्म ५३ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार उदयपुर र डडेल्धुरामा ६५ प्रतिशत मतदान भएको प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सोलुखुम्बु, खोटाङ, भोजपुरलगायत १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ ।

बाँकी जिल्लामा पनि ५० प्रतिशतको हाराहारीमा मतदान भएको उहाँले जानकारी दिनुभयो । आज बिहान ७ बजेदेखि तीन प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान भइरहेको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००