१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

दहमा डुबेर मृत्यु



राजविराज, १४ असार । सप्तरीको तिरहुत गाउँपालिका– ५ मा पर्ने लोहजारास्थित पर्यटकीय क्षेत्रको दहमा डुबेर आज कृष्णशवरण गाउँपालिका– ५ बग्धुवा निवासी मोहम्मद समसुद्धिनका १३ वर्षीय छोरा मोहम्मद संसिरको मृत्यु भएको छ ।

सो दहमा नुहाउने क्रममा उनी पानीमा डुबेपछि स्थानीयवासीले उद्धार गरी उपचारका लागि ठेलियास्थित धर्मेश्वर अस्पतालमा लगे पनि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००