१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

निःशुल्क स्वास्थ्य शिविर



पोखरा, १४ असार । चिल्ड्रेन नेपाल र लायन्स क्लब अफ पोखरा गण्डकीद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर मङ्गलबार सम्पन्न भएको छ ।

शिविरमा चिल्ड्रेन नेपालबाट सहयोग प्राप्त गरेका अभिभावक र बालबालिकासहित दुई सय ४८ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा बालरोग, स्त्रीरोग, हाडजोर्नीलगायतको सेवा प्रदान गरिएको लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष शारदा शर्माले जानकारी दिनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका–७ का अध्यक्ष रामचन्द्र बरालले शुभारम्भ गर्नुभएको थियो ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००