१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

स्याल धपाउन हानेको गोलीले महिला घाइते



राजविराज, १३ असार । स्याल धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर आज साँझ सप्तरी कञ्चनपुर नगरपालिका–८ की ४० वर्षीया कविता विक घाइते गम्भीर घाइते भएकी छन् ।

सोही ठाउँ बस्ने इन्द्रबहादुर राईले आफ्नै मकै बारीमा स्याल धपाउन भरुवा बन्दुक पड्काउँदा गोली लागेर उनी घाइते भएको इप्रका कञ्चनपुरले जनाएको छ । उनको कञ्चटमा गोली लागेको छ । उपचारका लागि कवितालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोली प्रहार गर्ने राईलाई इप्रका कञ्चनपुरले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००