१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

खुकुरी प्रहार गरी पत्नीको हत्या



लहान, १३ असोज । सिरहाको भगवानपुर गाउँपालिकामा आज दिउँसो पतिले खुकुरी प्रहार गरी पत्नीको गरेको छ ।
घरायसी विवादमा दिउँसो ३ बजेतिर भगवानपुर गाउँपालिका–१ निवासी बालकृष्ण यादवले खुकुरी प्रहार गरी आफ्नी पत्नी २९ वर्षीया रामकला यादवको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा बालकृष्णले प्रहार गरेको खुकुरी घाँटीमा लागेर रामकलाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो ।

श्रीमतीको हत्या गर्ने बालकृष्णलाई पक्राउ गरिएको र रामकलाको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । श्रीमतीको हत्या गर्ने बालकृष्ण लागुऔषध मुद्दामा जेल सजाय भुक्तान गरी केही दिनअघि मात्र घर फर्केका थिए । दुई छोरी र एक छोराकी आमा रामकलाको बालकृष्णसँग करिब ९ वर्षअघि विवाह भएको थियो ।

पखालाबाट एकको मृत्यु, १५ जना सिकिस्त

त्यसैगरी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा विगत एक सातादेखि फैलिएको पखालाबाट एकको मृत्यु भएको छ भने १५ जना सिकिस्त बिरामी परेका छन् । पखालाबाट लक्ष्मीपुर पतारी गाउँपालिकाको सीतापुरप्रध निवासी ७० वर्षीय मागेन यादवको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
पखालाबाट सिकिस्त भएका स्थानीय ३० वर्षीया मलुकी देवी, १९ वर्षीया नितुकुमारी यादव, १० वर्षीया सन्तोषीकुमारी यादव, ३४ वर्षीय कुमारीदेवी तिवारी, ३६ वर्षीया घुस्कीदेवी सदाय, लखन यादव, किशोरी राय र २ वर्षीय छोरी सिवानी रायको चिकित्सकको निगरानीमा उपचार भइरहेको र उहाँहरुको अवस्था सामान्य रहेको प्रमुख डा चुमनलाल दासले बताउनुभयो ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००