१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

‘बौद्धनाथ स्तूप’ वृत्तचित्र निर्माण



काठमाडौँ, १३ असार । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले ‘बौद्धनाथ स्तूप’ नामक वृत्तचित्र निर्माण गरेको छ ।

वंशावलीको अध्ययनमा आधारित हिमाली बौद्ध परम्पराका अभ्यास तथा गुरु रिन्पोछे पद्म सम्भवले प्रयोग गरेका निधि ग्रन्थका अधिकांश पक्षलाई वृत्तचित्रमा समेटिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सो चैत्यमा पुगेको क्षति तथा क्रमिक रुपमा गरिएका जीर्णोद्धार, क्षमा पूजा, प्राणप्रतिष्ठाका साथै मर्मतपछि गरिएको उद्घाटनका विषयवस्तुलाई वृत्तचित्रमा महत्व दिइएको छ ।

करिब ४५ मिनेटको सो वृत्तचित्रमा विभिन्न बौद्ध साहित्यका अध्ययन तथा अनुसन्धानका आधारमा बौद्धनाथ चैत्यको इतिहासलाई प्रस्ट पारिएको छ । समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले रु पाँच लाखको लागतमा निर्माण गरिएको वृत्तचित्रले समाजमा बौद्ध दर्शनको महत्व तथा सम्बन्धित धर्मावलम्बीको अभ्यासलाई बुझ्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्य बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थलका रुपमा विकास भएको छ भने अन्य धर्मावलम्बीलाई पनि पर्यटकीय गन्तव्यको आकर्षक केन्द्र बन्दै गएको छ ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००