७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

राससकर्मी भण्डारीको बिदाइ



पोखरा, १३ असार । राष्ट्रिय समाचार समिति, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरामा कार्यरत डिल्लीराम भण्डारीलाई कार्यालयमा कार्यरत कर्मचारीका तर्फबाट आज यहाँ बिदाइ गरिएको छ । 

राससमा २०३६ साल माघ १ गतेदेखि सेवा प्रवेश गर्नुभएका भण्डारी झन्डै ३८ वर्ष सेवा गरी उमेर हदका कारण सेवानिवृत्त हुन लाग्नुभएको हो । बिदाइ समारोहमा रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराका कार्यालय प्रमुख निमदत्त सुवेदीले झन्डै चार दशकसम्म भण्डारीले राससमा पु¥याउनुभएको योगदान अविष्मरणीय भएको बताउनुभयो ।

उपसमाचारदाता वासुदेव पौडेलले आफ्नो जीवनको लामो समय रासस सेवामा समर्पण गर्नुभएका भण्डारीको क्रियाशीलता र कर्तव्यनिष्ठता प्रशंसायोग्य भएको बताउनुभयो । कम्प्युटर सहायक हरि बास्तोलाले भण्डारीको अवकाशपछि जीवनको सुस्वाथ्य र दीर्घायुको कामना गर्नुभयो ।
कार्यक्रममा सेवानिवृत्त हुन लाग्नुभएका भण्डारीले आफूले यथाशक्य कर्तव्य र जिम्मेवारीलाई आत्मसात् गरी क्रियाशील भएको उल्लेख गर्नुभयो । कार्यक्रममा राससकर्मी भोलानाथ पौडेल र मङ्गलबहादुर जलाहारीले सेवा अवधिमा भण्डारीसँगका अनुभवबारे आआफ्ना धारणा राख्नुभएको थियो ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००