११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

अज्ञात समूहद्वारा सवारीसाधनमा आगजनी



इलाम, १३ असार । अज्ञात समूहद्वारा इलाम नगरपालिकाका दुई स्थानमा सवारीसाधनमा गएराति आगजनी गरेका छन् ।

अज्ञात समूहले इलाम नगरपालिका–१ पुवाखोला र इलाम नगरपालिका–१० गोदकमा रोकिराखेका सवारीसाधनमा आगजनी गरेको हो ।

मेची राजमार्गको पुवाखोलामा ना २ ख ७८३२ नम्बरको ट्रक र गोदकमा बा १० च ८१९४ नम्बरको महिन्द्रा पिकअपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताउनुभयो ।

झापाको विर्तामोडबाट निर्माण सामग्री लिएर ताप्लेजुङ जाँदै गरेको ट्रकमा गएराति ३ बजेतिर आगजनी भएको हो । आगजनीबाट ट्रक पूर्णरूपमा क्षति भएको छ । मेची राजमार्गको गोदक सडकखण्डमा दैनिक उपभोग्य सामग्री बोकेर इलाम जाँदै गरेको पिकअपमा आगजनी हुँदा सामान्य क्षति पुगेको छ ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक यादवले जानकारी दिनुभयो ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००