१४ चैत्र २०८०, बुधबार । March 28, 2024

मुख्य खबर

यातायात सञ्चालन



हेटौँडा, १२ असार । त्रिभुवन राजपथ, हेटौँडा भैँसेखण्डको बाघझोरामा आज अपराह्न परेको वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध रहेको उक्त राजपथमा डोजरले पहिरो हटाई अहिले साँझ ६ः३० बजेदेखि हेटौँडा–काठमाडौँ दुवैतर्फको यातायात सञ्चालन गरिएको छ ।

वर्षात्का कारणले पहिरो आउँदा बाघझोरामा काठमाडौँबाट आएका यातायातका साधन करिब साढे तीन घन्टा रोकिनुपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले तत्कालै बाटो सञ्चालन गर्न एक डोजर त्यसतर्फ पठाएको मकवानपुरका प्रजिअ नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिनुभयो ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००