८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

राप्रपाद्वारा खेलाडी जोशीको निधनमा समवेदना



काठमाडौँ, १२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत भारोत्तोलन खेलका मुख्य प्रशिक्षक एवम् ओलम्पियन सुनिललाल जोशीको निधन भएकामा दुःख व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा विभिन्न समयमा भएका भारोत्तोलनसम्बन्धी अन्तर्राष्ट्रिय खेलमा पटकपटक अन्तर्राष्ट्रिय पदक प्राप्त गरी मुलुकको प्रतिष्ठा बढाएका जोशीको निधनमा शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

खेलकुद क्षेत्रमा समर्पित सन् १९९६ मा अमेरिकाको एटलान्टामा भएको ओलम्पिकमा सहभागी उहाँको असामयिक निधनले खेलकुद क्षेत्रमा ठूलो क्षति पुगेको विज्ञप्तिमा भनिएको छ । नेपाल ओलम्पिक सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका जोशीको हृदयाघातका कारण सहिद गङ्गालाल हृदय केन्द्रमा उपचारका क्रममा ५४ वर्षको उमेरमा आइतबार निधन भएको थियो ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००