१० चैत्र २०८०, शनिबार । March 24, 2024

मुख्य खबर

पाँच करोडको लागतमा हेडवर्क निर्माण



सप्तरी, १२ असार । जिल्ला सिँचाइ कार्यालयले रु चार करोड ४१ लाखको लागतमा स्थानीय बनौली र अर्नाहा गाविसमा सिँचाइ पुर¥याउन हेडबक्स र अन्य सिँचाइ पूर्वाधार निर्माण सुरु गरेको छ ।

आकाशे पानीको भरमा खेती गर्दै आएका बनौली, अर्नाहा र सतबेदाहा नहरशाखाअन्तर्गत पाँची खोलाबाट सिँचाइ गर्न हेडबक्स निर्माणका लागि त्यस क्षेत्रमा पक्की सुलुसगेट, बाँध, हेड रेगुलेटर निर्माण कार्य सुरु भएको सो कार्यालयले जनाएको छ ।

तीन वर्षीय योजनाअन्तर्गत सो कार्यालयबाट भइरहेको हेडबक्स निर्माणले सो शाखाअन्तर्गत करिब ९०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु भएको निमार्ण कार्य ६० प्रतिशत पूरा भइसकेको कार्यालय प्रमुख अशोक साहले जानकारी दिनुभयो ।

ठेक्का सम्झौताअनुसार असोज मसान्तसम्म निर्माण कार्य सक्ने लक्ष्य रहे पनि वर्षायामका कारण केही थप समय लाग्नेसमेत उहाँले उल्लेख गर्नुभयो । हेडबक्स निर्माणले बनौली अनौहा र सतबेदाहा शाखाअन्तर्गत ग्रामीण क्षेत्र गहुँबाली, धानबाली, तेलहन, दलहनबाली उत्पादन गर्ने आकाशे पानीको भर नपर्ने उहाँले भन्नुभयो ।

सो क्षेत्रमा यसअघि माटोको कच्ची बाँध बनाएर खेती गर्दै आएका थिए । साथै बाँध नहुँदा वर्षायाममा कच्ची बाँध भत्ँिकदा बाढीले खेती चौपट हुने गरेको स्थानीयवासी बुधनी देवी सरदारले बताउनुभयो । हेडबक्स निर्माणपछि किसानको खेतसम्म पानी पु¥याउन पक्की कुलो, पैनी र कल्भर्ट तथा ड्रम्प निर्माण गनुपर्ने आवश्यकता रहेको सो कार्यालयले जनाएको छ । सो निर्माण कार्यबाट स्थानीयवासी उत्साहित भएका छन् ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००