१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

पिरबाबा मजारमा भक्तजनको भीड



गौशाला, १२ असार । मुस्लिम धर्मावलम्बीका महान पर्व इद उल फित्र पर्वका अवसरमा महोत्तरीको मटिहानी गाउँपालिकास्थित प्रसिद्ध पिरबाबाको मजार (मन्दिर)मा आज ठूलो मेला लागेको छ ।

मटिहानी–६ स्थित प्रसिद्ध पिरबाबाको मजारमा दर्शन गर्न बिहानै देखि हजारौँ सङ्ख्यामा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।

मुस्लिम धर्मावलम्बीका महान पर्व इद उल फित्रका अवसरमा सो पिरबाबाको मजारमा चाँदर चढाएमा वा पिरबाबाको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । त्यही विश्वासका कारण बिहानैदेखि हजारौँ मुस्लिम भक्तजन पिरबाबाको मजारमा पुगेको स्थानीयवासी शङ्कर कापरले बताउनुभयो ।

पिरबाबा र तस्मैया बाबाको उत्पत्तिसँगै यो ऐतिहासिक एवम् पौराणिक नगरी मटिहानीको उत्पत्ति भएको स्थानीय वयोवृद्ध बताउँछन् ।

स्थानीयसहित नेपाल र भारतका हजारौँ मुस्लिम र हिन्दू भक्तजनसमेत पिरबाबाको मजारमा पुगेका छन् ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००