११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

बेपत्ता किशोर फेला परेनन्



चितवन, १२ असार । नारायणी नदीमा दुबेर बेपत्ता भएका किशोर अहिलेसम्म फेला पर्न सकेका छैनन् ।

भरतपुर महानगरपालिका–२६ का १८ वर्षीय विशाल गुरुङ आइतबार नारायणीमा नुहाउन जाँदा नदीले बगाएर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–१६ स्थित भँगेरी कटेजमा काम गर्ने गुरुङ नदीमा नुहाउने क्रममा बगेका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००