१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

कृषि फार्मबाट मासिक डेढ लाख आम्दानी



पोखरा, १२ असार । कास्कीको पोखरा–लेखनाथ महानगरपालिका वडा नं ११ काहुँडाँडामा सञ्चालित काहुँ देउराली एकीकृत कृषि फार्मले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ ।

काहुँ देउराली बहुउद्देश्यीय सहकारी संस्थाद्वारा दुई वर्षदेखि सञ्चालन भएको सो फार्ममा हाल ११३ वटा सानाठूला भैँसी रहेको संस्थाका प्रबन्धक दीपक प्रकाश आचार्यले बताउनुभयो । पाँचसय साठी सेयर सदस्य रहेको सो संस्थाको पुँजी रु तीन करोड र बचत रु ११ करोड पुगेको छ ।

सो फार्ममा पालिएका भैँसीबाट ३१५ लिटर र संस्थाभन्दा बाहिरका कृषकबाट दैनिक ७०० देखि एक हजार लिटर दूध सङ्कलन गरेर पोखराको नगर क्षेत्रमा दूध बिक्री वितरण हुँदै आएको छ ।

कृषि फार्म सञ्चालनका लागि बृहत् भैँसी स्रोत केन्द्रबाट रु ४३ लाख ७५ हजार अनुदान प्राप्त भएकामा सो संस्थाले रु एक करोड ६० लाख लगानी गरेको केन्द्रका प्रबन्धक आचार्यले जानकारी दिनुभयो ।

मेहनत र परिश्रम गरे स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने एक उदाहरणीय सन्देश दिन कृषि फार्म खोलेको प्रबन्धक आचार्यको भनाइ छ ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००