१२ जेष्ठ २०७९, बिहिबार । May 26, 2022

मुख्य खबर

कलाकार प्रधानलाई आर्थिक सहयोग



काठमाडौँ, १२ असार । राष्ट्रिय अर्बुद अस्पताल हरिसिद्धि, ललितपुरमा उपचाररत कलाकार सुरेन्द्र प्रधानलाई आधुनिक कलाकार समाज (सोमा)का अध्यक्ष शङ्करराज सिंहले सोमाका तर्फबाट रु ५१ हजार आइतबार प्रदान गर्नुभएको छ ।

उहाँका साथमा कलाकार गोविन्द डङ्गोल र हेम पौडेल पनि हुनुहुन्थ्यो । भोजन नलीमा भएको अर्बुद रोगको समस्याका कारण प्रधान करिब एक महिनादेखि सो अस्पतालमा गराइरहनुभएको छ । कलाकार प्रधान चित्रकलामा घनवाद र इलुस्ट्रेसनमा क्रियाशील हुनुहुन्छ ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००