१० बैशाख २०८१, सोमबार । April 22, 2024

ग्लोबल

पाकिस्तानमा कार्यरत चिनियाँ जोडीको अपहरणपछि थप सुरक्षा सतर्कता



इस्लामाबाद (पाकिस्तान), ११ असार । पाकिस्तानमा कार्यरत एक जोडी चिनियाँको अपहरणपछि उठाइएको सुरक्षा चासोेलाई सम्बोधन गर्न भन्दै १५ हजार अत्याधुनिक तालिम प्राप्त सेनालाई सुरक्षार्थ तैनाथ गरिएको छ ।

ऊर्जा तथा भौतिक संरचना निर्माण योजनामा पाकिस्तानमा कार्यरत चिनियाँको सुरक्षार्थ पाकिस्तानले यो निर्णय लिएको पाकिस्तानी राष्ट्रपति मम्नुन हुसैनले आइतबार बताउनुभएको छ ।

पाकिस्तान भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग इस्लामाबादमा भएको भेटवार्ताका क्रममा पाकिस्तानमा कार्यरत चिनियाँ कामदारको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञिप्तिमा जनाइएको हो ।

बेइजिङले आफ्नो दक्षिण एसियाली छिमेकी पाकिस्तानको ग्वादार बन्दरगाहलाई सुदूरपश्चिमी सियानजियाङ प्रान्त जोड्ने योजनाअन्तर्गत झण्डै ५० अर्ब अमेरिकी डलर बराबरको लगानी सन् २०१५ मा घोषणा गरेको थियो ।

सो र रकम यातायात, ऊर्जा र अन्य भौतिक संरचना निर्माणमा लगाउने दुई देशले सम्झौता गरी कार्यक्रम अघि बढाएका छन् ।

गत महिना क्वेटाबाट चिनियाँ एक जोडी अपहरणमा परेपछि चीनले आफ्ना नागरिकको सुरक्षाका निम्ति चासो व्यक्त गरेको थियो । बोलोचिस्तान प्राप्तको राजधानी क्वेटा सहर चीन¬–पाकिस्तानबीचको आर्थिक करिडोरका रुपमा हेर्ने गरिन्छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००