१० चैत्र २०८०, शनिबार । March 24, 2024

मुख्य खबर

पार्टीका उम्मेदवारलाई विजयी गराउन काँग्रेस नेताको आग्रह



विराटनगर, ११ असार । नेपाली काँग्रेसले विराटनगरमा आइतबार आयोजना गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस नेताहरुले आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन् ।

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मुलुकमा राजनीतिक स्थिरता काँग्रेसले मात्र दिनसक्ने भएकाले काँग्रेस उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
काँग्रेसका अर्का केन्द्रीय सदस्य महेश आचार्यले नेपाली काँग्रेसले संविधान संशोधन गरेर मधेसको माग सम्बोधन गर्न दृढ सङ्कल्पित रहेको उल्लेख गर्दै काँगे्रसले नै सबै वर्ग, क्षेत्रलाई समेटेर अगाडि बढ्ने बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसले सबै वर्ग र समुदायलाई समेटेर अगाडि बढिरहेकाले काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विराटनगर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार भीम पराजुली र उपप्रमुख पदका उम्मेदवार इन्दिरा कार्कीले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विराटनगरको महत्वलाई अझै उचाइमा पु¥याउन काँग्रेसलाई अवसर दिन मतदातासँग आग्रह गर्नु भएको थियो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००