१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

उप–राष्ट्रपतिको शुभकामना



(भोलि १२ गते सोमबार प्रचारप्रसार गर्ने)

काठमाडौँ, १२ असार । उप–राष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इदुल फित्र)को शुभ अवसरमा इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति सु–स्वास्थ्य समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इदुल फित्र)का अवसरमा एक सन्देश दिनुहुँदै उहाँले यस पावन पर्वको माध्यमबाट मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने कुरामा विश्वास व्यक्त गर्नुभएको छ ।

यस पर्वले संविधान कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सम्पूर्ण राजनीतिक दललाई प्रेरणा दिने उप–राष्ट्रपति पुनले विश्वास लिनुभएको छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००