१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

साझा नेपाल निर्माण गर्न सङ्घीय समाजवादी



बुटवल, ११ असार । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले साझा नेपाल निर्माण गर्नका लागि पार्टी अगाडि बढिरहेको बताउनुभएको छ ।

सङ्घीय समाजवादी फोरम नेपाल बुटवल उपमहानगरपालिका समिति, बुटवलले आज बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले अहिलेको एकीकृत एकात्मक शासन प्रणालीको अन्त्य गरी सबै जाति समुदायको साझा नेपाल निर्माणका लागि लाग्नुपर्नेमा नेता श्रेष्ठले जोड दिनुभएको छ ।

उहाँले मुलुकलाई शुसासन र भ्रष्टाचारमुक्त गर्नसके मुलुकको विकास र समृद्धिका लागि टाढा जानु नपर्ने बताउनुभयो ।

राजधानी केन्द्रित अधिकारलाई विकेन्द्रीकरण गरेर स्थानीय जनतालाई मालिक बनाउन स्थानीय चुनाव भएकाले आफ्नो मताधिकार ठीक ठाउँमा प्रयोग गर्न उहाँले आग्रह पनि गर्नुभयो ।

उहाँले पहिचानसहितको सङ्घीयताले मात्रै जनतालाई अधिकारसम्पन्न गराउने दाबी गर्नुभयो । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले ठूला दलको दम्भ तोड्नका लागि बुटवलमा लोकतान्त्रिक मोर्चा बनाएर चुनावमा होमिएको बताउनुभयो ।

सभालाई बुटवल उपमहानगरपालिकामा स्वतन्त्रबाट प्रमुख पदका उम्मेदवार होमबहादुर गलामी, उपप्रमुख पदका उम्मेदवार मञ्जु खड्का (पार्वती), एकीकृत राप्रपा (राष्ट्रवादी) का केन्द्रीय सदस्य रुपसिंह थापा, अखण्ड पार्टीका केन्द्रीय सदस्य लेखबहादुर कार्कीलगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००