१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

राष्ट्रकविद्वारा ‘स्वरादि’ विमोचन



काठमाडौँ, ११ असार । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नवगायिका गङ्गा गजमेयरको स्वरबद्ध गीति एल्बम ‘स्वरादि’को आज आफ्नै निवास लैनचौरमा विमोचन गर्नुभयो ।

सो अवसरमा राष्ट्रकवि घिमिरेले सानै उमेरमा गीत सङ्गीतका क्षेत्रबाट देशलाई चिनाउन सहयोग गरेको भन्दै नवगायिका गजमेयरको उच्च प्रशंशा गर्नुभयो ।

कविशिरोमणि लेखनाथ पौड्यालको साहित्य विद्याबाट प्रभावित भएर आफू साहित्य क्षेत्रमा लागेको स्मरण गर्दै उहाँले भन्नुभयो, “म भेडाबाख्रा चराउन वनमा गएको बेला कविशिरोमणिका कृतिहरु पढ्थ्येँ, त्यहिँबाट म कवि बनेँ ।”

स्वरादिमा ‘हाँसेर…’, ‘झुमीझुमी…’, ‘कठिन छ, तर…’, ‘हेर्छु म…’ बोलका चार गीत समावेश गरिएको छ

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००