१ बैशाख २०८१, शनिबार । April 13, 2024

मुख्य खबर

जोशीको निधनमा दुःख व्यक्त



काठमाडौँ, ११ असार । नेपाल ओलम्पिक कमिटीले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतका भारत्तोलन खेलका मुख्य प्रशिक्षक सुनिललाल जोशीको निधन भएकामा दुःख व्यक्त गरेको छ ।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा नेपाल ओलम्पिक सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका जोशीको हृदयघातका कारण आज निधन भएकामा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।

सन् १९९६ मा एटलान्टा ओलम्पिकमा सहभागी जोशीले मुलुकलाई सर्वाधिक अन्तर्राष्ट्रिय पदक दिलाएर राष्ट्रको गौरव बढाएको र खेलकुद क्षेत्रमा समर्पित उहाँको असामयिक निधनले खेलकुद क्षेत्रमा ठूलो क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००